२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पाका ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण



११ माघ, रामपुर पाल्पामा ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्रहरु सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको हो ।

जिल्लाको रामपुर र तानसेन नगरपालिकासँगै निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाहुँ गाउँपालिका र रम्भा गाउँपालिकामा गरी ५९ वटा स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिसकेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

रैनादेवी छहरा गाउँपालिकामा ८ वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, एउटा सामुदायिक स्वास्थ्य एकाइ, रिब्दिकोट गाउँपालिकामा सात वटा स्वास्थ्य चौकी, दुई वटा सामुदायिक स्वास्थ्य एकाइ र रामपुर नगरपालिकाको रामपुर अस्पताल, तानसेन नगरपालिकामा रहेको जिल्ला अस्पताल पाल्पा गरी २१ वटा स्वास्थ्य संस्था हस्तान्तरण गर्न बाँकी छ । बाँकी रहेका गाउँपालिकामा पनि अब छिट्टै कार्यालयले स्वास्थ्य संस्था हस्तान्तरण गर्ने उनले बताए । रासस

प्रकाशित मिति : ११ माघ २०७४, बिहिबार ००:००