१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेनी नगरपालिकाले निर्माण गर्यो वैकल्पिक सडक



११ माघ, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डमा वैकल्पिक सडक निर्माण भएको छ ।

बेनी नगरपालिका– ७ महारानीथान हुँदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुंगा र ४ नम्बरको डाँडाखेत हुँदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । ९ वर्षअघि बाटो खोल्न शुरु भएको सडक आयोजनाले हालै मात्र पूर्णता पाएपछि ठूलोखोला–बेनी खण्डमा सवारी सञ्चालन गर्न सकिने भएको छ ।

११।५ किलोमिटर दूरीको यो सडक बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक भएको उपभोक्ता समितिका अध्यक्ष मुक्ति खड्काले बताए । सडकबाट बेनी नगरपालिकाको जरबुटा, सेतोढुंगा, भिरमुनि, डाँडाखेत, राक्से र ठूलोखोलाका बासिन्दा लाभान्वित भएका छन् ।

पहिला साँघुरो र ग्रेड नमिलेको बाटो मात्र खोलिएको सडकलाई बेनी नगरपालिकाको सहयोगमा फराकिलो र सुधार गरेपछि जिप, माइक्रोबस, ट्र्याक्टर चल्न सक्ने भएको छ । उक्त सडकलाई नगरपालिकाले चालू आवमा १० लाख विनियोजन गरेको छ ।

पहिलो चरणको काम अन्तिम चरणमा पुगेको र योजनालाई निरन्तरता दिन सडक बोर्डको कार्यक्रमबाट थप १० लाख पनि विनियोजन भएको बेनी नगरपालिका– ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताए । सडक निर्माण भएपछि स्थानीयवासीले बेनी आउन जानका साथै क्रिषिउपज ढुवानी गर्न राहत मिलेको छ ।

पैदल एक घण्टा हिँड्नुपर्ने बाटो मोटरसाइकल, जिप चढेर २० मिनेटमै पूरा गर्न सकिने भएको अध्यक्ष खड्काले बताए । बेनीदेखि ठूलो खोलासम्म कुनै कारणले बेनी दरवाङ सडक अवरुद्ध हुँदा यो सडकलाई विकल्पको रुपमा प्रयोग गर्न सकिने जनाइएको छ ।
रासस

प्रकाशित मिति : ११ माघ २०७४, बिहिबार ००:००