८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहका उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाइयो



८ माघ, काठमाडौं ।
काठमाडौं जिल्लाबाट स्थानीय तहका उम्मेदवारको खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई बुझाएको छ । गत वैशाख ३१ गते निर्वाचनमा सहभागी उम्मेदवारको निर्वाचन आयोगमा खर्च विवरण बुझाइएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए ।

उनले एक हजार ३०७ जना उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाएको जानकारी दिए । उम्मेदवारले निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र क्षेत्रीय कार्यालयमा खर्च विवरण बुझाए पनि आयोगले माग गरेपछि मात्र कार्यालयले सो विवरण बुझाएको हो ।

कार्यालयका नायब सुब्बा विनोद थापाका अनुसार काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहमा चार हजार ४०६ उम्मेदवार भएकोमा १ हजार ३०७ जनाले मात्र खर्च विवरण बुझाएका छन् । तीमध्ये प्रमुखमा २०३ जना उम्मेदवारमा ६८ जना र उपप्रमुखमा १२४ जनामा ४९ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएको पाइएको छ ।

यस्तैगरी १ हजार ६२ वडाअध्यक्षमा ३१९ जना उम्मेदवारले, एक हजार ६५४ वडा सदस्यमा ४७१ जना, ५६५ दलीय महिला सदस्य उम्मेदवारमा १७१ र ७९८ महिला सदस्यमा २२९ जनाले मात्र खर्च विवरण बुझाएको जनाएको छ ।
रासस

प्रकाशित मिति : ८ माघ २०७४, सोमबार ००:००