६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घोराही उपमहानगरले ११ वटा वडा कार्यालयको निर्माण तथा मर्मत गर्ने



८ माघ, दाङ । घोराही उपमहानगरपालिकाले ११ वटा वडा कार्यालय निर्माण तथा मर्मत गर्ने भएको छ । पहिलो नगर सभाबाट पारित ५ करोड पूँजीगत बजेट वडा कार्यालयहरूका लागी भवन खरिद, निर्माण र मर्मत गर्नेछ ।

आफ्नै भवन नहँुदा सेवा प्रवाहमा समस्या देखिएपछि उपमहानगरले सबै वडामा आफ्नै भवन व्यवस्थित गर्न लागेको हो । वडा नं १ मा कम्पउन्ड वालसहितको कार्यालयको भवन निर्माण गर्न ६३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

वडा नं ६ को कम्पाउण्ड पर्खाल निर्माणमा अपुग १३ लाख रुपैयाँ, वडा नं ७ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माण गर्न ७३ लाख रुपैयाँ र वडा नं ८ को अधुरो भवन निर्माणसहित कम्पाण्ड पर्खालका लागि ४८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

केही वडाको आफ्नै कार्यालय भवन नहुँदा भाडाको घरबाट सेवाप्रवाह भइरहेको छ । आफ्नै वडा कार्यालय स्थापना भएपछि सेवा प्रवाहमा सहजता आउने उपमहानगरका प्रमुख नरुलाल चौधरीले बताए । रासस

प्रकाशित मिति : ८ माघ २०७४, सोमबार ००:००