५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका र नगरपालिकाको वडाबाट केन्द्र जोड्ने सडक निर्माणमा प्रथामिकता



सरकारले गाउँपालिका र नगरपालिकाको वडाहरूबाट केन्द्र जोड्ने सडक निर्माणमा जोड दिने भएको छ । स्थानीय पूर्वाधार तथा कृषी सडक विभाग (डोलीडार) ले स्थानीय तह कार्यान्वयन भएपछि वडा र स्थानीय तहको केन्द्रलाई जोड्ने सडकहरूको निर्माणलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

डोलीडारका स्थानीय यातायात क्षेत्रगत कार्यक्रमका संयोजक गंगाबहादुर कार्कीले अब बन्ने गाउँपालिका र नगरपालिका भौगोलिक तथा जनसंख्याका हिसाबले ठूला हुने भएकाले वडा र केन्द्र जोड्नु पर्ने बताए । “९/१० वटासम्म गाविस गाभेर गाउँपालिका र नगरपालिका बन्दैछ । गाविसहरू वडा बन्दैछ,” उनले भने, “वडाहरूबाट केन्द्रमा सेवा लिन जाँदा सहज बनाउन सडक निर्माण तथा मर्मसम्भारलाई प्राथमिकतामा राख्दैछौं ।”

उनका अनुसार अब ग्रामीण सडक निर्माणसम्बन्धि रणनीतिक योजनासमेत परिवर्तन हुनेछ । अहिलेसम्म सदरमुकामसँगको सडक सञ्जालले नछोएका गाविसहरूमा ट्र्याक खोल्न प्राथमिकता दिँदै आएको थियो । यसैगरि दुई जिल्ला जोड्ने, बिषेश आर्थिक क्षेत्र जोडने सडक निर्माणमा प्राथमिकता दिँदै आएको थियो ।

“अहिले जिल्लास्तरीय भनिएका सडक प्रन्तीय सडकमा गनिनेछ । कृषी, जटिबुटी, धार्मिक, आर्थिक केन्द्र जोड्ने सडकलाई पनि बर्गिकरण गर्दैछौं,” उनले भने ।

प्रकाशित मिति : २३ फाल्गुन २०७३, सोमबार ००:००