८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफे–मार्तडी राजमार्ग तीन दिनका लागी बन्द



४ माघ, बाजुरा ।
साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटे सडकखण्ड आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । सडक निर्माणका क्रममा सडकको छेउ र माथिपट्टि रहेका ढुंगा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पी।एस कन्सट्रक्सन कम्पनीका प्रेमबहादुर थापाले बताए ।

उनले सडकमा रहेको ढुंगा नफुटाउँदा वर्षायाममा सडकमा आउने हुँदा ढुंगा फुटाउनुपर्ने बाध्यता रहेको बताए । ढुंगा फुटाउने क्रममा विभिन्न दुर्घटना हुने भएकाले सार्वजनिक सूचना मार्फत यातायात व्यवसायी, स्थानीय लगायतलाई जानकारी गराएको थापाले जानकारी दिए ।

सडक निर्माणमा बाधा नपु¥याउन सबैमा कम्पनीले आग्रह गरेको छ । सडक निर्माणमा बाधा भएमा कम्पनी जिम्मेवार नहुने थापाको भनाइ रहेको छ । मार्तडीसम्म चल्ने सवारीका साधन बूढीगंगा नगरपालिकाको बल्देमा मात्र चल्ने भएका छन् ।
रासस

प्रकाशित मिति : ४ माघ २०७४, बिहिबार ००:००