१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलार प्रविधिले खोलाको पानी गाउँमा



३० पुस, गुल्मी । गुल्मीको जिमी र नरम गाउँमा सोलार प्रविधिबाट पिउने पानी पु¥याइएको छ । खोला किनारमा रहेको पानी सोलार प्रविधिले डाँडामा रहेको गाउँमा पु¥याएपछि स्थानीयबासी हर्षित छन् । पानी पुगे पछि स्थानीयवासीले सिँचाइ सुविधासमेत पाएका छन् । सिँचाईले तरकारी खेति गर्न थाले पछि स्थानीयवासीले आम्दानीसमेत गर्न थालेका छन् ।

मुहान अभावले खानेपानीको चर्को समस्या भोग्दै आएका गुल्मी दरबार गाउँपालिका– ४ वीरबासको जिमी र छत्रकोट गाउँपालिका– ३ हर्दिनेटाको नरम गाउँका १ सय ६३ घरधुरीमा लाभान्वित भएका छन् । रिन्युएबल वर्ड, आइडिइ र सप्रोस नेपाल र नवप्रभात युवा संघको सामाजिक परिचालनमा गाउँमै खानेपानी पु¥याइएको हो । गाउँमा पुगेको खानेपानीलाई स्थानीयले मिटर प्रविधि जडान गरेर घरघरमै धारा निर्माण गरी वितरण गरेका छन् ।

खानेपानीको सुविधा लिने र सिँचाइ गरेर तरकारीसमेत उत्पादन गर्ने कल्पनासम्म नभएको वीरबासको जिमीकी माया रेश्मीले बताइन् । “यसरी घरघरमै पानीको धारा आउला भन्ने कल्पना पनि गरेका थिएनौं,” उनले भनिन्, “ “अहिले घरमै पानी आएपछि घरको सरसफाइदेखि स्कुल जाने केटाकेटीलाई समेत सजिलो भएको छ ।” यसअघि गाउँलेलाई एक गाग्री खानेपानी लिनकै लागि डेढ घण्टा टाढा पुग्नुपर्ने बाध्यता हटेको रेश्मीले बताइन् ।

वीरबासको बाहुन खोलाको पानी सोलार प्रविधिबाट ६१ मिटर उचाइमा दैनिक १० हजार लिटर पम्पिङ गरेर जिमी गाउँमा लगिएको छ । पानीलार्य जिमी गाउँका १४ घरधुरीमा र १६ हजार लिटर पानी जिमीकै ७१ घरधुरीमा सामुदायिक धारामार्पmत वितरण गरिएको छ । त्यस्तै छत्रकोटको हर्दिनेटामा पनि चनौटी खोलाको पानी २०७ मिटर उचाइमा दैनिक ३० हजार ५३० लिटर पानी पम्पिङ ७८ घरधुरी र एक विद्यालयमा एक घर एक धारा प्रणालीमा ७८ घरधुरीमा वितरण गरिएको रिन्युएबल वर्डका क्षेत्रीय परियोजना अधिकृत गंगाप्रसाद आचार्यले बताए ।

योजना व्यवस्थापनका लागि उपभोक्ता आफैँले समिति गठन गरेर योजना मर्मतका लागि प्रतिघर १ हजार रुपैयाँ र पानी खपत गरेका आधारमा थप रकम संकलन गर्ने गरी संरक्षण र व्यवस्थापन गर्दै आएका छन् । गाउँमा पानी पु¥याउन स्थानीय वडा, गाउँपालिका, परियोजना, स्थानीय जनश्रमदानसहित दुवै योजनामा झण्डै ९२ लाख रुपैयाँ खर्च भएको स्थानीय नवप्रभात युवा संघले जनाएको छ । रासस

प्रकाशित मिति : ३० पुस २०७४, आइतबार ००:००