१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्तीसोनारी गाउँपालिकामा ६९१ योजना अनुमोदन



 

२९ पुस, नेपालगञ्ज । बाँकेकाको राप्तीसोनारी गाउँपालिकाले आव २०७४/०७५ का लागि ६ सय ९१ योजना तथा कार्यक्रम अनुमोदन गरेको छ । गाउँपालिकाको वडा नं १ देखि ९ सम्म सञ्चालन गरिने विकास योजना शुरुवातको प्रक्रिया प्रारम्भ भइसकेको अध्यक्ष लाहुराम थारुले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार मल्लका अनुसार, गाउँपालिकामा सडक, पुलपुलेसा, नदीमा तटबन्ध, विद्यालयको भौतिक पूर्वाधार, स्वास्थ्य संस्थाको विस्तार र विकास, बालबालिका तथा महिलाको सशक्तीकरण, कृषिको आधुनिकीकरणलगायतका योजना तथा कार्यक्रम तर्जुमा गरिएको छ ।

गाउँपालिकाले चालु आवको बजेट फ्रिज हुन नदिन सञ्चालित योजनाको निरन्तर अनुगमन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मल्लले बताए । रासस

प्रकाशित मिति : २९ पुस २०७४, शनिबार ००:००