१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ नम्बर प्रदेशमा २२ वटा स्थानीय तह थप्ने तयारी



सरकारले २ नं. प्रदेशमा २२ वटा स्थानीय तह थप्ने तयारी गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्री, सचिव र २ नं. को प्रदेशका सांसदहरूको बैठकले थप्ने निर्णय गरेको हो । बैठकमा भाग लिएका कांग्रेस सांसद रामकृष्ण यादवले २२ वटा स्थानीय तह थप्ने तयारी भइरहेको स्थानीय खबरलाई बताए ।

एमाले बरिष्ठ नेता माधव नेपालले पनि शुक्रबारको छलफलमा भाग लिएका छन् । स्रोतका अनुसार नेपालले खाना मन्त्रालयका सचिवको कार्यकक्षमै खाएका थिए ।

“२ नं. प्रदेशमा २२ वटा स्थानीय तह थप्ने सहमति भएको छ,” यादवले भने, “कुन जिल्लामा कति थप्ने भन्नेबारे चाँही छलफल चलिरहेको छ ।” मधेसकेन्द्रित दलहरूले जनसंख्याको आधारमा स्थानीय तहको संख्या र सीमाना निर्धारण हुनु पर्ने माग राख्दै आएका छन् ।

साथै अन्य माग लिएर असन्तुष्ट मधेसकेन्द्रित दलहरू स्थानीय तहको चुनावमा भाग लिने विश्वासमा सरकारले २ नं. प्रदेशमा संख्या बढाउन लागेको हो । सरकारले स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदल र २ नं. प्रदेशको सांसदहरूबी पछिल्लो समय दिनदिनै छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७३, शुक्रबार ००:००