२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खडेरी परेपछि पानीको माग गर्दै मन्दिरमा जाग्राम

लेखक स्थानीय खबर २७ पुस २०७४, बिहिबार १ मिनेट पढाइ

२७ पुस, बैतडी ।
लामो समयदेखि खडेरी परेपछि बैतडीको सुर्नया गाउँपालिका ४ का किसानले बाजागाजासहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन् ।

पानीको माग गर्दै उनीहरु रौलाकेदार मन्दिरमा जाग्राम बसेको सुरेन्द्रबहादुर महराले जानकारी दिए । बुधबार रातभर रौलाकेदार मन्दिरमा जाग्राम बस्ने र विहिबार बिहान प्रार्थना गर्ने कार्यक्रम राखेका छौँ, उनले भने, “योभन्दा पहिले पनि खडेरी पर्दा रौलाकेदार मन्दिरमा जाग्राम तथा पूजाआजा गरेपछि पानी परेकाले मन्दिरमा धाएका हौँ ।”

लामो समयदेखि खडेरी परेका कारण रौलाकेदारमा जाग्राम बसेमा पानी पर्ने जनविश्वास रहिआएको छ । समयमा पानी नपरेका कारण यो वर्ष हिउँदे बालीको उत्पादनमा कमी आउने देखिएको छ । हिउँद महिना शुरु भएसंगै पानी नपर्दा बैतडीका केही ठाउँमा अझै गहुँ छर्न बाँकी रहेको छ भने छरेको ठाउँमा पनि सुक्न थालेको छ ।

यसअघि गत वर्ष पनि लामो समयसम्म खडेरी परेपछि पानी माग गर्दै बैतडीको सुर्नयाका स्थानीय बासिन्दाले प्रसिद्ध रौलाकेदार र दशरथचन्द नगरपालिका–१ देवलहाटमा रहेको पञ्चदेवलमा शिव भगवानको पूजाआजा गरेका थिए ।
रासस

प्रकाशित मिति : २७ पुस २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।