५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाटो बनाउने क्रममा पुरातात्विक संरचना भेटियो



२६ पुस, जीतपुर– कपिलवस्तु
बाटो बनाउँदा बनाउँदै यहाँ ‘पुरातात्विक’ संरचना भेटिएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका ३ सिद्धार्थटोलमा सोमबार बाटो बनाउने क्रममा ‘पुरातात्विक’ संरचना भेटिएको हो । सदरमुकाम तौलिहवामा रहेको आँखा अस्पतालको छेउदेखि उत्तरतर्फ जाने बाटो खन्ने क्रममा इँटाले बनेको संरचना फेला परेका हुन् ।

फेला परेका इँटाका संरचना स्थानीयबासीको जग्गामा पाइएका हुन् । भेटिएका संरचना पुरातात्विक महत्वका हुनसक्ने अनुमान गरिएको छ र संरचना भित्ता आकारमा रहेका छन् । संरचना भेटिएलगत्तै बाटो निर्माणसमेत रोकिएको छ ।

तिलौराकोटमा उत्खननमा संलग्न पुरातत्व विज्ञको टोलीले सो संरचनाको स्थलगत अनुगमन गरेको छ । पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले आफूहरुले सिद्धार्थटोलमा भेटिएको संरचनाको निरीक्षण गरेको र हेर्दा पुरानो इँटा देखिए पनि विस्तृत कुरा अध्ययन गरेपछि मात्र थाहा हुने बताए ।

उक्त स्थलको किनारमै प्राचीन कुवासमेत रहेको र केही वर्षअघि सो कुवामा प्राचीन वस्तु समेत भेटिएका थिए ।
रासस

प्रकाशित मिति : २६ पुस २०७४, बुधबार ००:००