५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचथरमा बाह्र झोलुंगे पुल निर्माण हुने



२४ पुस, पाँचथर ।
चालु आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा १२ वटा झोलुंगे पुल निर्माण हुने भएको छ । नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत साझेदारी संस्था सिरिजङगा ग्रामीण विकास केन्द्रअन्तर्गत पुल निर्माण हुने भएको हो ।

सिबुवा खोलामा २४ लाख ३६ हजार लागतमा, फाल्गुनन्द गाउँपालिकाको निबुवा खोलामा कोदोबारी पुल ३३ लाख ३५ हजार र याङवरकको फलँचा च्याङथापु जोडिने जौबारी झोलुंगे पुल ३५ लाख १४ हजारको लागतमा पुल निर्माण भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

कार्यालयका इञ्जिनियर प्रेम काफ्लेका अनुसार हाङगुम दुर्दिम्बा जोडिने नावाखोलामा मेचिटारे पुल ३६ लाख ८४ हजार, नांगिन, लुङरुपा जोडिने सिम्भुवा खोलामा साठी मुढे पुल २४ लाख २३ हजार, मेमेङ प्राङबुङ जोडिने हेँवा खोलामा खोलाटार पुल ३७ लाख ५१ हजार र सराङडाँडाको साँवासिर खोलामा २६ लाख ६३ हजारको लागतमा पुल निर्माण हुनेछ ।

यस्तै, लुङरुपाको फेमे खोलामा ३३ लाख ६२ हजार, आङसराङको निवुखोलामा चुवाडे पुल ४१ लाख २० हजार, सिदिनको रिग्युवा खोलामा चण्डे पुल ५० लाख ७९ हजार, कुरुम्बाको कुरुम्बा खोलामा कुरुम्बा पुल ३७ लाख ५७ हजार र फाक्तेपको चङुजिवा खोलामा २९ लाख ७२ हजारको लागतमा झोलुंगे पुल निर्माण हुन लागेको हो ।

पुल निर्माणको लागि कुल लागत चार करोड ११ लाख रहेको छ । कुल लागतको तीन तीन प्रतिशत गाउँपालिका र जिल्ला समन्वय समिति, दुई प्रतिशत उपभोक्ता समिति र बाँकी ९२ प्रतिशत नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको लगानी रहने साझेदारी संस्था सिरिजङगा ग्रामीण विकास केन्द्रअन्तर्गत झोलुंगे पुल निर्माणका कार्यक्रम संयोजक दीपक बोहोराले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २४ पुस २०७४, सोमबार ००:००