५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङको तिल्चे गाउँमा पहिलोपटक मोटर पुग्यो



२० पुस, मनाङ ।
मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे ।

मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मर्स्याङ्दी नदीको पारिपट्टिको यस गाउँ वारीबाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको अवस्थामा गतवर्षबाट मोटरेबल पुल बनेपछि गाउँलेको पहल र सडक डिभिजन दमौलीको सहयोगमा गाउँसम्म बाटो पु¥याइएको थियो ।

धेरै वर्षको प्रयासपछि यस गाउँमा मोटर पुगेको छ । मनाङको नासोङ गाउँपालिका वडा नं ६, र ७ मा मोटर पुग्दा गाउँले ज्यादै हर्षित देखिएका छन् । सडक डिभिजनको छ करोडको लगानीमा मर्स्याङ्दी नदीमा मोटरेबल पुल निर्माण गरेपछि ऐतिहासिक व्यापारिक केन्द्र मोटर पुगेको शिक्षक महासंघ मनाङका अध्यक्ष गुणराज गुरुङले बताए ।

यो मनास्लु पदमार्गमा भएको पहिलो विकास हो । मस्र्याङ्दी नदी र दूधखोलाको किनारैकिनार भएर भिङ्ताङ पु¥याउने लक्ष्य रहेको यस मोटरबाटो अझै पूरा भइसकेको छैन । मर्स्याङ्दी नदीमा पुल बने पनि दूध खोलामा निर्माणाधीन अवस्थामा रहेको नासोङ गाउँपालिका अध्यक्ष चन्द्रबहादुर घलेले बताए ।

तिब्बतबाट नून खरिद गरी यस ठाउँमा राख्ने र लमजुङ, तनहुँ र कास्की लगायतका ठाउँका मानिस गएर चामलसंग नून साटेर ल्याउने ऐतिहासिक व्यापारिक केन्द्रका रुपमा रहेको यस गाउँमा पहिलोपटक मोटर पुगेको हो ।
रासस

प्रकाशित मिति : २० पुस २०७४, बिहिबार ००:००