६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुइन चुडिँदा एकको मृत्यु, दुई घाइते



१७ पुस, धनगढी । सरकारले मुलुकलाई तुइन गरिसक्ने घोषणा मिति गज्रिसक्दा पनि तुइन चुँडिएर जनताको मृत्यु हुनेक्रम रोकिएको छैन । साढे २ बर्षअघि सरकारले दुई बर्षभित्र मुलुकलाई तुइन मुक्त गर्ने घोषणा गरेको थियो ।

कैलाली मोहन्याल गाउँपालिका–७ स्थित कर्णाली नदीको चिप्लेटघाटमा रहेको तुइन (फेरी) चुडिँदा एक जनाको मृत्यु भएको छ । घटनामा अरु २ जना घाइते भएका छन् । तुइन चुडिएर मोहन्याल गाउँपालिका–६ सोल्टाका टेकबहादुर विष्टको आइतबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरले जानकारी दिए।

नदी माथिको तुइन तर्ने क्रममा अचानक ‘लक’ चुडिएपछि तीनै जना नदीको किनारामा खसेर दुर्घटनामा परेको बताइएको छ । घटनास्थलमा सञ्चारको सुविधा नभएको र भौगोलिक रुपमा विकट क्षेत्र रहेकाले घटनाको जानकारी पनि ढिलो गरी प्राप्त भएको हो । दुर्घटनामा परी घाइते भएका स्थानीय सुमन बोहरा र तारा अधिकारीलाई थप उपचारका लागि कोहलपुर लग्न सिफरिस गरिएको छ । रासस

प्रकाशित मिति : १७ पुस २०७४, सोमबार ००:००