२३ माघ २०८१, बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कल्भर्ट पुल निर्माण भए संगै बिद्यालय अावतजावत गर्न सहज



१७ पुस, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको धौलागिरि गाउँपालिका ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो ।

स्थानीयवासीको सक्रियतामा सात मिटर लम्बाइ र डेढ मिटर चौडाइ भएको ढलान गरिएको पक्की कल्भर्ट पुल निर्माण भएको छ । मल्कबाङ्गका बासिन्दा र धौलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा पुल निर्माण भएको कल्र्भट पुल निर्माण योजनाका अगुवा रविन्स छन्त्यालले जानकारी दिए ।

धौलागिरि गाउँपालिकाले एक लाख अनुदान उपलब्ध गराएको उक्त योजनाका लागि छन्त्यालले कतारमा रहँदा आर्थिक संकलन अभियान सञ्चालन गरेका थिए । उक्त अभियानबाट छ लाख जुटाइएको थियो । अभियानमा स्वदेशमै रहेका मल्कबाङ्गका बासिन्दा र विदेशमा देशका अन्य जिल्लावासीले समेत सहयोग गरेका थिए ।

हाल पोखरा निवासी भीमबहादुर छन्त्यालको परिवारले सबैभन्दा बढी ६० हजार सहयोग गरेका थिए । गत कात्तिक दोस्रो हप्तादेखि पुल निर्माण शुरु भएको थियो । कल्भर्ट पुल निर्माण भएपछि स्थानीयवासी, विद्यार्थी र शिक्षक शिक्षिकालाई आवतजावत गर्न सहज भएको छ । यसअघि बर्खायाममा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था थियो ।
रासस

प्रकाशित मिति : १७ पुस २०७४, सोमबार ००:००