३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाखापानीको औल गाउँमा सडक पुग्यो



११ पुस, बेनी– म्याग्दी ।
म्याग्दीको रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा निर्मित फूलडाँडादेखि औल जोड्ने दुई किलोमिटर सडक सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

गाउँमा सडक पुगेपछि ६० घरपरिवारका ४०० बढी जनता प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । भण्डारीले स्थानीय चुनाव प्रचारका क्रममा आफूले जितेमा आफ्नै लगानीमा गाउँसम्म मोटरबाटो पु¥याउने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार व्यक्तिगतरुपमा चार लाख खर्च गरेर गाउँपालिका प्रमुख भण्डारीले गाउँमा मोटरबाटो पु¥याएका हुन् ।

“उहाँले आफूले गरेको प्रतिबद्धता पूरा गर्नुभएको छ । गाउँमा सडक पुगेपछि स्थानीय खुशी भएका छन्” स्थानीय मनकुमार शेरपुञ्जाले बताए । सडक उद्घाटन कार्यक्रममा प्रमुख भण्डारीले जनतालाई अनावश्यक आश्वासन नदिने र दिएको प्रतिबद्धता पूरा गर्ने बताए ।
रासस

प्रकाशित मिति : ११ पुस २०७४, मंगलबार ००:००