१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाेलखाका सबै स्थानमा वाम गठबन्धन विजयी



२३ मंसिर, चरिकोट । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले सबै स्थानमा विजयी भएका छन् ।

प्रतिनिधिसभा एक र प्रदेशसभा दुई स्थानका लागि भएको निर्वाचनमा नेकपा (एमाले) का पार्वत गुरुङ ५५ हजार ९५४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनकाका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा सदस्य (क) मा नेकपा (माओवादी केन्द्र) का विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा सदस्य (ख) मा एमालेका पशुपति चौलागाईंले २३ हजार ५८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशजराज चौलागाईंले १० हजार ८८० मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००