१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरका तीनवटै क्षेत्रमा मतगणना शुरु



२२ मंसिर, ललितपुर ।
जिल्लाका तीनैवटा क्षेत्रको मतगणना शुरु भएको छ । क्षेत्र नं १ को बिहान ११ बजे मतगणना शुरु भएको छ । क्षेत्र नं २ र ३ मा रातिबाटै मतगणना शुरु भएको छ ।

क्षेत्र नं २ मा नेकपा एमाले र क्षेत्र नं ३ मा नेपाली कांग्रेसले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका मदनबहादूर अमात्यले छ हजार २४३ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी पम्फा भुषालले पाँच हजार ५२२ मत पाएकी छन् । नयाँ शक्ति पार्टीका विनोद महर्जनले १५७ मत पाएका छन् ।

क्षेत्र नं २ मा १४ हजार ३३३ मत गनिसक्दा एमालेका कृष्णलाल महर्जनले आठ हजार ९८३ मत पाएका छन् । नेपाली कांग्रेसका चन्द्र महर्जनले पाँच हजार ८२८ मत पाएका छन् ।

क्षेत्र नं ३ क मा माओवादी केन्द्रका राजकाजी महर्जनले दुई हजार पाँच मत पाएका छन् । नेपाली कांग्रेसका नवराज महतले एक हजार ३१६ मत पाएका छन् ।

प्रदेशसभा ३ ख मा नेकपा एमालेका जीवन खड्काले ५२३ मत पाएका छन् भने नेपाली कांग्रेसका शिवराम बानियाँले पाँच ९५ मत पाएका छन् ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००