१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता



२२ मंसिर, जाजरकोट ।
प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन् । त्यस्तै प्रदेशसभा क मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र कांग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन् । प्रदेशसभा ख मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० मत प्राप्त गरी अग्रता लिएका छन् भने कांग्रेसका दीपकजंग शाहले ६६२ मत प्राप्त गरेका छन् ।

बैतडी– एक हजार ३७६ मतगणना हुँदा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकाबाट नेकपा एमाले का दामोदर भण्डारीले ६५९ मत ल्याएर अग्रता लिएका छन् । त्यस्तै कांग्रेसका नरबहादुर चन्दले ५४४ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभा क मा ९४८ मत गणना हुँदा कांग्रेसका हरिमोहन भण्डारीले ४११ र वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का प्रेमप्रकाश भट्टले ४११ मत प्राप्त गरेका छ्न् । प्रदेशसभा ख मा एक हजार ३०५ मतगणना हुँदा वाम गठबन्धनबाट एमालेका लीलाधर भट्टले ६६७ र राप्रपाका गणेश चन्दले ५६८ मत प्राप्त गरेको प्रजिअ सिद्घराज जोशीले जानकारी दिए ।

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ एक हजार ४१७ मतगणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राईले ७३४ मत ल्याएर अग्रता लिएका छन् । कांग्रेसका बलबहादुर केसीले ४३७ मत ल्याएका छन् ।

यस्तै प्रदेशसभा क मा वाम गठबन्धनबाट एमालेका उत्तमकुमार बस्नेतले ४२५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका प्रकाससिं कार्कीले १७४ ल्याएका छन् । प्रदेशसभा ख मा गठबन्धनबाटै एमालेका बुद्धिकुमार राजभण्डारीले २४५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका आङ्गगेलु शेर्पाले २३० मत ल्याएका छन् ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००