३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनको सुरक्षाका लागि सरोकारवाला पनि जिम्मेवार हुनुपर्छः आयुक्त पौडेल



१६ मंसिर, धनगढी ।
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनको सुरक्षाका लागि सरोकारवालाको पनि सक्दो सहयोग हुनुपर्ने बताएका छन् ।

यहाँ आयोजित सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि निर्वाचन अधिकृत लगायतको सहभागितामा भएको छलफल कार्यक्रममा आयुक्त पौडेलले आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले कारबाही गर्ने जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले निर्वाचनका समयमा गरिएको सुरक्षा व्यवस्थापनका बारेमा प्रकाश पारे ।

आयुक्त पौडेलले निर्वाचनको तयारीमा भएको प्रगति, देखिएका चुनौती र समाधानका उपाय, सुरक्षा व्यवस्थापन लगायतका विषयमा जानकारी लिएका छन् । दोस्रो चरणको निर्वाचनका लागि कैलाली जिल्लामा कर्मचारी खटनपटनको काम पूरा भएको छ ।

निर्वाचनमा खटिई जाने कर्मचारी मंसिर १८ गतेसम्म जिल्लाको सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित पुगीसक्ने निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद आर्यालले बताए । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा २३१ मतदानस्थल रहेका छन् ।
रासस

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार ००:००