२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारलाई लक्षित गरी बम विस्फोट, गाडीमा क्षति

लेखक स्थानीय खबर १६ मंसिर २०७४, शनिबार १ मिनेट पढाइ

१६ मंसिर, तेह्रथुम ।
चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिका १, आङ्दिममा बम विस्फोट भएको छ ।

शुक्रबारे बजारमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले पोलिटब्यूरो सदस्य तथा समानुपातिक उम्मेदवार डा विजय सुब्बा, माओवादी केन्द्रकी नेत्री तथा समानुपातिक उम्मेदवार सुशीला कन्दङवा लगायत नेता चढेको गाडीलाई लक्षित गरी आङ्दिममा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

तेह्रथुम र धनकुटाको सीमा तेलिया खोला नजिकै आङ्दिममा भएको सो विस्फोटमा परी मे १ ज २०२ नम्बरको ल्याण्डरोभर गाडीमा क्षति पुगेको घटनास्थल पुगेका प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिए ।

तर गाडीमा सवार नेता कार्यकर्ता भने सकुशल रहेको उनले बताए । सडकमा माटोले पुरेर राखेको बम पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । बम राख्नेको पहिचान हुन नसकेको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए ।
रासस

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।