५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस चुनावीसभामा बम विस्फोट हुदा ४ जना गम्भीर घाइते



१४ मंसिर, इटहरी ।
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका ९ भलादमी टोलमा नेपाली कांग्रेसले आज अपरान्ह आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् ।

कांग्रेस इटहरी ९ ले चुनाव प्रचारप्रसार संगै मतदातासँग घरदैलो गर्दै भएको बम विस्फोट हुँदा एक वर्षीय युवन न्यौपाने, १७ वर्षीया समृना अधिकारी, उनकी आमा ३७ वर्षीया निर्मला र कांग्रेसका स्थानीय नेता धनबहादुर श्रेष्ठ गम्भीर घाइते भएको स्थानीयवासी गोविन्द घिमिरेले जानकारी दिए ।

घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको छ । उनीहरुको शरीरका विभिन्न भागमा बमको छर्राले गहिरो चोट लागेको प्रचार कार्यमा संलग्न घिमिरेले बताए । कार्यक्रम भइरहेको स्थानमा अकस्मात् ठूलो आवाजसहित बम विस्फोट हुँदा कार्यक्रमस्थल उपस्थित मान्छेमा भागदौड भएको थियो ।

बम कसले राखेको हो भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिँदै घटनास्थलको अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिएको बताए ।
रासस

प्रकाशित मिति : १४ मंसिर २०७४, बिहिबार ००:००