१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाँडीगाउँ विशालनगरलाई पर्यटकीय क्षेत्र बनाउने प्रतिबद्धता



१३ मंसिर, काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले लिच्छविकालीन महत्वको हाँडीगाउँ–विशालनगर क्षेत्रको पर्यटकीय विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार पोखरेलले बुधबार हाँडीगाउँ र भाटभटेनीको घरदैलो कार्यक्रममा उनले लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिइने तथा टोखालाई ऐतिहासिक र साँस्कृतिक नगरीका रूपमा विकास गरिने बताए ।

भग्नावशेषमा परिणतमा भएको पञ्चधाराको पुनःनिर्माण गरिने पनि उनले बताए । घरदैलोमा प्रदेशसभा (क) का उम्मेदवार नारायण सिलवाललगायत सहभागी थिए । रासस

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार ००:००