६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक बनमा भेटिएका बम निष्क्रिय



११ मंसिर, विराटनगर ।
मोरङमा सोमबार बिहान दुई ठाउँमा विस्फोटक पदार्थ फेला परेको छ । केराबारी गाउँपालिका ९ स्थित देवीझोराको सामुदायिक वनमा सात थान सकेट बम र दुई थान हेण्ड ग्रेनेट बम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद गरिएका ती सबै विस्फोटक पदार्थलाई नेपाली सेनाका बम निष्क्रिय टोलीले निस्तेज पारेको छ । त्यस्तै, मध्याह्न विराटनगरस्थित मुख्य सडकमा रातो कपडाले बेरिएको शङ्कास्पद वस्तु देखिएको छ ।

हाम्रो अस्पताल नजिकै सडकको पेटीमा भेटिएको त्यो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम निष्क्रिय टोली निस्तेज गर्ने तयारीमा जुटेका छन् । सो स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
रासस

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार ००:००