५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन, फोदगाउँमा मतदान सम्पन्न



१० मंसिर, दुनै– डोल्पा ।
उपल्लो डोल्पाका दुई मतदान केन्द्र सम्पर्कविहीन भएका छन् । उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डोल्पामा ६६ मध्ये ६४ मतदान केन्द्रमा सम्पर्क भएको र अहिलेसम्म ३७ प्रतिशत मत खसिसकेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका स्थित २३ मतदाता भएको फोदगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको प्रहरीले जनाएको छ ।
रासस

प्रकाशित मिति : १० मंसिर २०७४, आइतबार ००:००