१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० बजेम्म २५ प्रतिशत मतदान



१० मंसिर, काठमाडौँ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा बिहान ७ बजेदेखि शुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान शुरु भए पनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदान जारी छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

पहिलो चरणमा प्रदेश नं १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान हुँदैछ ।

रसुवामा २० प्रतिशत मतदान

रसुवा— प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य निर्वाचनअन्तर्गत अहिले बिहान ११ः३० सम्म २० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्म जिल्लाका ४५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

सुरक्षास्थति अत्यन्तै मनबुत भएका कारण भयरहित वातावरणमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको प्रजिअ चोपेन्द्र न्यौपानेले बताए ।

४०प्रतिशत मतदान

चौतारा— प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकोमा दलहरुको सहमतिपछि बिहान १०ः२० मा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दीपक खनालले बताए ।

बिहान शुरु भएका कतिपय मतदान केन्द्रमा ५० प्रतिशत मतदान भएको र उत्साहपूर्वक मतदान भइरहेको बताइएको छ । जिल्लाको शान्तिसुरक्षा मजबुत भएको र उल्लेख्य रुपमा मतदाताको सहभागिता रहेको प्रजिअ अश्मान तामाङले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १० मंसिर २०७४, आइतबार ००:००