८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सभालाई लक्षित गरी सकेट बम



७ मंसिर, चरिकोट– दोलखा ।
नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज (बिहिबार) नेपाली सेनाले निष्क्रिय पारेको छ ।

सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो ।

सकेट बम राखिएको स्थानमा कांग्रेसले आज आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम छ ।

स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि खबर गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
रासस

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहिबार ००:००