८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन



५ मंसिर, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका लागि आवश्यक सबै प्रवन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले चारवटै सुरक्षा निकायका प्रमुखसंग प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी निर्वाचनको सुरक्षा चुनौती सम्बोद्धन हुने गरी तत्काल सुरक्षा रणनीति तय गर्न निर्देशन दिएका हुन् ।

निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउनुहोस्, गृहमन्त्रीको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री देउवाले भने– “सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध छ ।”

उनले संविधान र कानुनको परिधिभित्र रहेर निर्वाचन सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सुरक्षा निकायलाई सचेत गराए । सो अवसरमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको सुरक्षा योजनावारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभयो ।

सो अवसरमा मुख्य सचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीको उपस्थित थियो ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलबार ००:००