२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तातोपानीमा बाढीबाट दुई घर पुरिए

लेखक स्थानीय खबर ३० बैशाख २०७५, आइतबार १ मिनेट पढाइ

३० वैशाख, म्याग्दी ।
अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा आइतबार भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको छ । वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिए ।

भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसंगै बाढी बस्तीतर्फ पसेपछि अन्य दुईवटा घरमा समेत क्षति पु¥याएको छ । स्थानीयवासी रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमा समेत क्षति पुगेको छ ।

अहिले प्रहरी र स्थानीयवासीले पहिरोबाट प्रभावित बासिन्दाको घरको सामान सुरक्षित ठाउँमा लैजाने काम गरिरहेका छन् । यस्तै, बेनी–जोमसोम सडकखण्ड अन्तर्गत बेगखोलामा बाढी आएपछि अहिले सवारी आवागमन ठप्प भएको छ ।
रासस

प्रकाशित मिति : ३० बैशाख २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।