रञ्जित तामाङ, काठमाडौ कार्यसम्पादन भत्ता पाउनु पर्ने, स्थानीय तह कार्यान्वयन हुँदा उचित समायोजन हुनुपर्नेलगायतका माग राखेर गाविस सचिवहरू बुधबारदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । मुख्य माग कार्यसम्पादन भत्ता पाउनुपर्ने नै हो । सरकार भत्ता दिनै नखोज्ने, गाविस सचिव नपाए कामै नगर्ने अड्डी कसिरहेका छन् । यो खिचातानी निम्त्याएर नागरिकलाई पिडित बनाउनमा को जिम्मेवार…