काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसद्को निर्वाचन सरकारले उच्च प्राथमिकतामा राखेर बजेट निर्माण गरेको बताएका छन् । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विधेयकमाथिका सांसदहरूले राखेका जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले बजेट र सरकारको प्राथमिकताबारे…