८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटा, स्याङ्जा र कास्कीको सबै ठाउँमा बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण



  • स्थानीय खबर संवाददाता 

काठमाडौं २१ पुस 
धनकुटा, स्याङ्जा  र कास्कीको सबै नगरपालिका र गाविसमा बैंकबाट भत्ता बितरण हुन थालेको छ । 
केन्द्रीय पञ्जिकरण विभागका अनुसार यी जिल्लाहरूमा गाविस सचिव तथा नगरपालिकाको कर्मचारीबाट भत्ता बाँड्ने परिपाटी अन्त्य भएको छ । 
विभागका उपसचिव शालिकग्राम रिजालका अनुसार पर्वतको पनि वालकोट, लुङ्खु, पाखापानी र भोक्सेङ गाविसबाहेक सबै ठाउँमा बैंकबाटै भत्ता बितरण थालेको छ । ती गाविसहरूबाट बैंक टाढा भएकाले बितरण गर्न गाह्रो भएको रिजालले बताए । 
विभागका अनुसार धनकुटाका गाविसहरूमा ९ हजार २६४, पाख्रिबास नगरपालिकामा १ हजार ५७६ र धनकुटा नगरपालिकाका २ हजार २६४ लाभग्राहीलाई बैकबाट भत्ता दिन थालिएको छ । 
यसैगरि स्याङ्जाका गाविसहरूमा २९ हजार ६८५ भत्ता पाउने लाभग्राही छन् । गाविसका लाभग्राहीसहित वालिङ २ हजार १०९, पुतलीबजार ३ हजार ६५४, चापाकोट १ हजार ५७६ र भीरकोट नगरपालिकाका २ हजार ५९८ लाभग्राहीलाई बैंकबाट भत्ता दिन थालिएको छ । 
कास्कीका गाविसहरूमा भत्ता लिने नागरिक १७ हजार ८६८ छन् । उनीहरूसहित पोखरा उपमहानगरपालिकामा १५ हजार ८७, र लेखनाथ नगरपालिकाका ६ हजार ९२ लाभग्राहीलाई पनि बैंकबाट भत्ता बितरण गर्न थालिएको छ । 
अहिलेसम्म देशभर १ सय ८८ गाविस र १ सय १५ नगरपालिकामा पूर्ण बैंकिङ प्रणालीबाट भत्ता बितरण गर्न थालेका छन् । विभागले यस बर्षभित्र सबै ठाउँमा बैंकबाट भत्ता बितरण गर्ने लक्ष्य लिएको छ । 

प्रकाशित मिति : २१ पुस २०७३, बिहिबार ००:००