१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरपालिकाको बजेट ५ अर्ब ३७ करोड



    
  • स्थानीय खबर संवाददाता 
काठमाडौं, २५ पुस 
 
कठमाडौं महानगरपालिकाले आगामी बर्षका लागी ५ अर्ब ३७ करोड १८ लाख रुपैयाँ बजेट विनयोजन गरेको छ । 
 
सोमबार महानगरको २९ औं परिषदमा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले आव ०७४÷७५ का लागी सँस्थागत सुदृढिकरण, सामाजिक तथा आर्थिक विकाससम्बन्धि कार्यक्रमहरू घोषणा गरेका छन् । 
 
महानगरले आन्तरिक आयबाट १ अर्व ८३ करोड ९९ लाख ८४ हजार प्राप्त हुने अनुमान गरेको छ भने, प्रशासनिक खर्चका लागी ५९ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको छ । 
 
यसैगरि आगामी आवको कूल खर्चमध्ये स्थानीय करको योगदान ४५ प्रतिशत र गैरकर अनुदानको योगदान ५५ प्रतिशत रहने अनुमान गरिएको छ । 
 
विषयगत क्षेत्रका नीति तथा कार्यक्रमको विकास खर्चतर्फ ४ अर्व ७१ लाख ९३ हजार रूपैयाँ विनियोजन गरेको छ । 
 
बिषयगत कार्यक्रमतर्फ सहरी पूर्वाधार विकास तथा सार्वजनिक निर्माण क्षेत्रमा १ अर्ब ६३ करोड रुपैयाँ, जनस्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा रु.११ करोड ८० लाख रूपैयाँ र सम्पदाको पुनःनिर्माण तथा विकासका लागि रु.४१ करोड २६ लाख विनियोजन गरेको छ । 
 
वातावरण, हरियाली प्रर्वद्धन तथा शहरी सौन्दर्यीकरणका लागी ८१ करोड रुपैयाँ, विपद् व्यवस्थापनका लागी ११ करोड ३१ लाख रुपैयाँ, सूचना तथा सञ्चार प्रविधि र सेवाप्रवाह क्षेत्रका लागि रु.१० करोड रुपैयाँ विनियोजन गरेको छ । 
 
यसैगरि राजस्व क्षेत्र, वित्त क्षेत्र, शहरी योजना क्षेत्र, अन्तर्राष्ट्रिय सम्बन्ध क्षेत्र, सार्वजनिक, निजी, साझेदारी क्षेत्रका लागि रु.११ करोड विनियोजन गरेको छु । 
 
उज्यालो काठमाडौं कार्यक्रमका लागी रु.१० करोड रुपैयाँ, जग्गा एकीकरणहरूलाई ८१ करोड २५ लाख रुपैयाँ, टेकुको बहुतल्ले स्टील स्ट्रक्चरसहितको महानगरको भवन निर्माण गर्न ३१ करोड विनियोजन गरेको गरेको छ । 
 
पूर्वकुमारी, गणेश, वरिष्ठ जेष्ठ नागरिक, ८८ वर्ष उमेर पुगेका र पूर्ण अपाङ्गलाई महानगरबाट दिने भत्तालाई पनि निरन्तरता दिइएको छ । 
 
उपत्यका नगर यातायात लिमिटेडको सेयर खरिद गर्न २ करोड रुपैयाँ, वधशाला व्यवस्थित गर्न ५ करोड रुपैयाँ, कुकुर व्यवस्थापनका लागी २ करोड ३० लाख रुपैयाँ, विनियोजन गरेको छ । 
 
यसैगरि महानगरभित्र आगामी बर्ष ४२ ठाउँमा चर्पी निर्माण गर्न, १ हजार २८५ वटा सडक सौर्य वत्ति जडान गर्न पनि बजेट विनियोजन भएको छ । 
 
यसैगरि सरसफाईमा काम गर्ने मजदुरहरूलाई योगदानमा आधारित स्वास्थ्य विमा कार्यक्रम, छात्रवृत्ति कोषको स्थापना गर्नुका साथै जाडोमा लगाउने ज्याकेटको समेतको व्यवस्था गर्ने कार्यकारी तामाङले घोषणा गरे । 
 
काठमाडौं महानगरपालिका मुलुककै सबैभन्दा बढी वित्तीय परिचालन गर्ने स्थानीय निकाय हो । 
 
कर्मचारी प्रशासन, सँस्थागत संरचना, जनसंख्याका, सहरी पूर्वाधारका हिसाबले पनि काठमाडौं महानगरपालिका सबैभन्दा ठूलो स्थानीय निकाय हो ।
 
 
 

प्रकाशित मिति : २५ पुस २०७३, सोमबार ००:००