८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीमाना विवाद सुल्झाउन नसकेको भन्दै पनौति नगरपालिकामा तालाबन्दी



  • स्थानीय खबर संवाददाता

काभ्रे, १७ पुस
नापीसम्बन्धि विवाद सुल्झाउन नसकेको भन्दै स्थानीयवासीले पनौती नगरपालिकामा तालाबन्दी गरेको छ । 
प्रमूख जिल्ला अधिकारी शिवप्रसाद सिंम्खडाले धुलिखेल, बनेपा र पनौतिबीचको सिमाना विवाद टुंग्याउने नाममा एकलौटी निर्णय गरेको भन्दै तालाबन्दी गरेका हुन् । 
सिम्खडाले डजिटल नापी कार्यालयलाई २०३०÷३१ सालको नापीको आधारमा पुन साँध सिमाना नापी गर्न दिएको भन्दै पनौतीका पूर्वमेयर सतकाजी बुद्धचार्य र विश्वेश्वर बञ्जारा नेतृत्वको संर्घष समितिहरूले तालाबन्दी गरेका हुन् । 
“डिजिटल नापीमार्फत अन्यायपूर्वक साँध सिमाना हेरफेर गर्न खोजियो,” बञ्जाराले भने “यो गलत काम हो, यसैको बिरोधमा तालबन्दी गरेका हौं ।”
आइतबार नगरभित्र क्रियाशील राजनीतिक दलहरूको संयुक्त बैठकले डिजिटल नापी गर्ने निर्णय ७ दिनभित्र फिर्ता लिन अल्टिमेटम दिएको छ । 
डिजिटल नापीका नाममा पनौती नगरपालिकाको वडा नम्बर २ मा पर्ने सुब्बागाउँ धुलिखेल नगरपालिकामा गाभ्ने प्रयास भएको भन्दै उनीहरू आन्दोलित भएका हन् । 
तत्कालिन सुब्बागाउँ पञ्चायतसहित टौखाल, मल्पी, पनौती, सुन्थान र खोपासी गाविसलाई समेटेर तत्कालिन स्थानीय विकास मन्त्रालयले २०५३ माघ ११ गते पनौती नगरपालिका गठन गरेको थियो । 
अहिले गरिने नाप जाँचले तत्कालिन श्रीखण्डपुर गाउँ पञ्चायतमा पर्ने सुब्बागाउँलाई धुलिखेल नगरपालिकाको वडा नम्बर ९ मा राख्ने प्रयास भइरहेको उनीहरूको आरोप छ । 
आइटीपार्क, एसओएस बालग्राम र धनेश्वर मन्दिरसमेत सुब्बागाउँमै पर्ने हुँदा नियतबस सिमाना विवाद ब्यूँत्याएको बञ्जराले आरोप लगाए । “राजपत्रमा समेत सुब्बागाउँ पनौती नगरपालिकाको वडा नम्बर २ मा उल्लेख छ,” बञ्जाराले भने “सीडीओ सिम्खडाले सिमाना नाँपजाँचको निर्णय गरेको निर्णय फिर्ता हुनुपर्छ ।”
सीडीओ सिंम्खडाले भने जग्गा (नाप जाँच) नियमावली २०५८ को नियम ८ उपनियम ३ मा रहेको आफ्नो आधिकार प्रयोग गरेर उक्त निर्णय गरेको बताए । 
तर जग्गा (नाँप–जाँच) ऐन २०१९ (आठौं संशोधन, २०५६) अनुसार सीमाना विवाद भएको नगरपालिकाको प्रतिनिधिलाई कुनै जानकारी नै नदिइ सिंम्खडाले एकतर्फी निर्णय गरेको पनौती नगरबासीको आरोप छ । 

प्रकाशित मिति : १७ पुस २०७३, आइतबार ००:००