१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र सुनसरीमा नयाँ एलडीओ



ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र सुनसरीमा स्थानीय विकास अधिकारी (एलडीओ) फेरिएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार ताप्लेजुङमा नरहरी भण्डारी, तेह्रथुममा तुल्सीनाथ गौतम, संखुवासभामा रामप्रसाद आर्चाय र सुनसरीमा तुलसीबहादुर श्रेष्ठ खटिएका छन् ।

मन्त्रालयमा कार्यरत उपसचिवहरू यी जिल्लाहरूमा खटिएका छन् भने त्यहाँ कार्यरत एलडीओहरू मन्त्रालयमा सरुवा भएका छन् । ताप्लेजुङका निर्वतमान एलडीओ राजेश गौतमले स्वास्थ्यको कारण मन्त्रालय सरुवा भएका हुन् । उनी केही महिना अघिसम्म स्थानीय निकाय वित्तीय आयोगमा कार्यरत थिए । यसैगरि ताप्लेजुङ खटिन लागेका नरहरी भण्डारी मन्त्रालयको नगरपालिका महाशाखामा कार्यरत थिए ।

कार्यकारी अधिकृत र योजना अधिकृत पनि फेरिए

यसैगरि चितवनको माडी नगरपालिकामा रोमबहादुर महत नयाँ कार्यकारी अधिकृत भएका छन् । दोलखा र भक्तपुर जिविसमा योजना तथा प्रशासकीय अधिकृत फेरिएका छन् । दोलखामा हरिप्रसाद उपाध्याय र भक्तपुरमा कमलप्रसाद दहाल गएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७३, बिहिबार ००:००