७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन छिट्टै कार्यान्वयन हुन्छः मन्त्री पाण्डे



 
  • स्थानीय खबर संवाददाता 
काठमाडौं, २५ पुस 
स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन भनेर शंका उपशंका चलिरहेकै बेला संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले प्रतिवेदन कार्यान्वयन हुने बताएका छन् ।
काठमाडौं महानगरपालिकाको २९ औं नगरपरिषद्को उद्घाटन गर्दै छिट्टै राजपत्रमा प्रकाशित गर्ने पनि बताए ।
“केही दिन अघिसम्म पुरानै संरचनामा स्थानीय चुनाव हुन्छ कि भन्ने भ्रम थियो, आयोगले प्रतिवेदन बुझाएपछि नयाँ संरचनामा स्थानीय चुनाव हुने निश्चित भयो,” पाण्डेले भने, “अबरुद्ध संसद पनि खुलेको छ, अब नयाँ संरचनामा हुने स्थानीय चुनावको दिशामा मुलुक जानेछ ।”
अब हुने चुनावमा प्रत्येक वडाबाट २ जना महिला प्रतिनिधी अनिर्वाय चुन्नु पर्ने व्यवस्था भएको पनि पाण्डेले बताए ।
अब बन्ने स्थानीय तहको वडालाई अधिकारसम्पन्न बनाउने र प्रतिवडा कम्तिमा ५ जना कर्मचारी खटाउन लागिएको पाण्डेले बताए ।
आयोगको सिफारिसअनुसार देशभर थप ३ वटा महानगरपालिका, १२ उमहानगरपालिका, २ सय ४१ वटा नगरपालिका बन्ने बताए ।
“नगरपालिकाहरूका लागी मात्रै होइन, देशभरका स्थानीय तहका लागी काठमाडौं महानगरपालिका अग्रणी र उदाहरणीय बन्नुपर्छ,” मन्त्री पाण्डेले भने ।

प्रकाशित मिति : २५ पुस २०७३, सोमबार ००:००