२७ चैत्र २०८०, मंगलबार | Tue Apr 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा लोकतान्त्रिक गठबन्धन निर्माण



३० कात्तिक, दाङ ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि दाङमा लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ ।

आगामी निर्वाचनका लागि दाङमा राप्रपा र राप्रपा प्रजातान्त्रिक पनि नेपाली कांग्रेससंग सहकार्य गरेर जाने भएपछि लोकतान्त्रिक गठबन्धन निर्माण भएको हो ।

बुधबार घोराहीमा बसेको तीन दलको बैठकले निर्वाचनमा कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच सहकार्य गरेर जाने निर्णय भएको छ । कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकका जिल्लास्तरका नेतृत्वबीचको बैठकले लोकतान्त्रिक शक्तिलाई विजयी बनाउनका लागि निर्वाचनमा संगै जाने निर्णय गरेको नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए ।

नेपाली कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष नरेशजंग रानालगायत नेताको सहभागिता रहेको बैठकले आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको पक्षमा जिल्लामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

जसका लागि आफ्नो पार्टीका संघसंस्था एवं भ्रातृ संस्थालाई सहकार्यबारे जानकारी गराएर सबै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनतर्फ लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोध गर्ने निर्णय भएको छ ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहिबार ००:००