१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरी जिल्ला समन्वय समितिमा संघीय समाजवादी फोरम र राजपा विजयी



३० कात्तिक गौशाला । महोत्तरी जिल्ला समन्वय समितिको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपालको गठबन्धन विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार आज सम्पन्न महोत्तरी जिससको प्रमुख पदमा राजपा नेपालका सुरेशप्रसाद सिंह १६ मत ल्याएर विजयी भएका छन् ।

उपप्रमुखमा गठबन्धनकै संघीय समाजवादी फोरम नेपालका सुरेश यादव १८ मत ल्याएर विजयी भएका छन् । । यसैगरि महिला सदस्यहरूमा राजपा नेपालका पुनम देवी साह १७, ललिताकुमारी महासेठ १६ र रीता देवी १६ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै अन्य सदस्यहरूमा राजपा नेपालका सरयुग यादव २०, कामेश्वर साह १७ र सुदिपकुमार झा १७ मत ल्याएर विजयीभएका छन् । प्रमुख पद उम्मेदवारी दिएका नेपाली कांग्रेसका कालिकान्त झाले ४ र नेकपा (माओवादी केन्द्र)का सूर्यनारायण साहले ८ मत पाएका थिए । रासस

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहिबार ००:००