१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुष आकारमा गाउँपालिका भवन बन्दै




जेठ १७, बनियानी । झापा हल्दिबारी गाउँपालिकाको भवन धनुष आकारमा निर्माण हुने भएको छ । जिल्लामै पहिलो पटक धनुष आकारको गाउँपालिकाको भवन निर्माण हुन लागेको हो ।

स्थानीयवासीले उपलब्ध गराएको एक बिघा नौ कठ्ठा जग्गामा तीन करोड ९० लाख ७९ हजार ३०३ को लागतमा सो भवन निर्माण हुन लागेको हो ।

हल्दिबारी–५ स्थित निर्माण हुन लागेको सो भवनसंगै ऐतिहासिक धनुष पोखरी रहेको छ । ऐतिहासिक धनुष पोखरीको पहिचान स्थापित गर्ने उद्देश्यले धनुष आकारमा गाउँपालिका भवन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए ।

भवन निर्माणका लागि स्थानीयवासी भूपाल लिम्बूले १० कठ्ठा, खर्कमाया साम्सुहाङले १० कठ्ठा, सन्तोष माङ्युङले चार कठ्ठा, तिलप्रसाद सुवेदीले चार कठ्ठा र माइतराज राईले एक कठ्ठा जग्गा दान गरेका छन् ।

गाउँपालिकको दोस्रो गाउँसभाको नीति तथा कार्यक्रममै ‘द्वार एक, सेवा अनेक’ हुने गरी भूकम्प प्रतिरोधी कार्यालय भवन बनाउने निर्णय भएको अध्यक्ष लिङ्देनले बताए । भवन निर्माणका लागि पाँच करोड ५१ लाख दुई हजार ८६१ अनुमानित लागत स्वीकृत भए पनि तीन करोड ९० लाख ७९ हजार ३०३ मा किरातेश्वर कन्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी, काठमाडौं सुकेधाराले ठेक्का लिएको गाउँपालिका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।

सो कम्पनीसंग आगामी चैत ३० गते निर्माण सम्पन्न गर्ने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार ००:००