१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पचास नगर प्रहरी थप्दै ललितपुर महानगर



 

मङ्सिर ११, काठमाडौं । ललितपुर महानगरपालिकाले ५० नगर प्रहरी थप गर्ने भएको छ । जनशक्ति पर्याप्त नभएकाले थप गर्न लागिएको नगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

ललितपुरका धेरै स्थानमा ट्राफिक व्यवस्थापनको खाँचो भएकाले त्यसका लागि थप नगर प्रहरी आवश्यक छ । उनले भने, “महानगरपालिका भइसकेपछि आवश्यक पर्ने जनशक्ति राख्न हामी लागेका छौं ।”

अहिले २३ जना नगर प्रहरी कार्यरत रहेको महानगरपालिकाले जनाएको छ । भवनको सुरक्षा, दमकल सञ्चालन लगायतका धेरै जिम्मेवारी उनीहरुमाथि थपेको छ । उनले भने, “नगर प्रहरीको सङ्ख्या बढाएर उनीहरुलाई थप जिम्मेवारी दिइनेछ ।”

महानगरपालिकामा कार्यरत नगर प्रहरीले पटक पटक जनशक्ति अपर्याप्त भएको बताउँदै आएको थियो । महानगरपालिकाको भवन सुरक्षा, महानगरभित्रका सार्वजनिक सम्पत्तिको सुरक्षा, सडक व्यवस्थापन, न्यायिक समितिको निर्णय कार्यान्वयनको जिम्मेवारी नगर प्रहरीको हो ।

दमकलका लागि छुट्टै जनशक्ति नहुँदा केही वर्षदेखि नगर प्रहरीले नै महानगरपालिकाको चार दमकल सञ्चालन गरिरहेका छन् ।
रासस

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार ००:००