८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यन्त्रिक कुच्चाे किन्न बोलपत्र प्रक्रिया अगाडि बढ्दैः काठमाडाैं महानगर



२९ कात्तिक, काठमाडौँ ।
महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौँको धुलोमुक्त बनाउने अभियान अझै पनि अगाडि बढ्न सकेको छ्रैन ।

काठमाडौँ महानगरपालिकाले तत्काल बु्रमर (यान्त्रिक कुचो) का माध्यमबाट काठमाडौँको फोहोर सफा गर्न नसक्ने जनाएको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बु्रमरका लागि केही समयअघि नै बोलपत्र गरिसकिएको भए पनि मूल्य धेरै पर्न आएको हुँदा पुनः बोलपत्रको गर्नुपर्ने अवस्था आएकाले तत्काललाई उक्त यन्त्र खरिद गर्न नसकिने बताए ।

उक्त यन्त्र ल्याउनका लागि पुनःबोलपत्रको प्रक्रिया अघि बढिसकेको बताइएको छ । प्रमुख शाक्यले महानगरपालिकाको वातावरण विभागलाई निर्देशन दिँदै भने, “सफा गर्दा सडक छेउमा रहेको कागजको टुक्रा टिप्ने काम मात्र नगरी सबै स्थानमा धुलोसमेत सफा गर्न आवश्यक छ ।”

यसैबीच महानगरले एक हप्ताभित्र सक्ने गरी त्रिपुरेश्वर, सुनधारा, नयाँ सडक, रत्नपार्कलगायत स्थानका सडक छेउछाउ र सडकको बीच भागमा रहेको खाली जग्गामा हरियाली बनाउन रुखबिरुवा रोप्ने काम तीव्र रुपमा अघि बढिरहेको सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नयाँ निर्माण र दोस्रो चरणमा निर्माण भइसकेका स्थानमा मर्मत गरिने छ ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ००:००