९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता शिक्षाका स्वयंसेवक खटिए



२७ कात्तिक, पोखरा ।
क्षेत्रीय निर्वाचन कार्यालय, पोखराले मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवकलाई खटाएको छ ।

मतदाता शिक्षा तालीम लिएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र बाल विकास केन्द्रका शिक्षिका गरी ३१७ स्वयंसेवक मतदान केन्द्रमा खटिएका छन् ।

स्वयंसेवकहरुले आफू खटिएको मतदान केन्द्रमा पुगी मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

उनीहरुले निर्वाचन आयोगबाट प्राप्त नमूना मतपत्र, पोस्टर र पम्प्लेटजस्ता सामग्री पनि लिएर गएको बताइएको छ ।
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार ००:००