१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्लाफाँटा नगरपालिकामा पाँच महिनापछि न्यायिक समितिले पायाे पूर्णता



२५ कात्तिक, कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिकामा जनप्रतिनिधि आएको पाँच महिनापछि न्यायिक समिति गठन गरिएको छ । समितिमा पठाउने पदाधिकारीबारे सहमति जुट्न नसकेपछि लामो समयसम्म समिति गठनमा विलम्ब हुँदै आएको थियो ।

निर्वाचन पद्धतिद्वारा नै भए पनि समितिलाई पूर्णता दिने सोच अघि सार्दै डाकिएको कार्यपालिका बैठकमा सहमति जुटेपछि न्यायसमितिले पूर्णता पाएको नगरप्रमुख दिलबहादुर ऐरले बताए ।

उनका अनुसार नगरपालिकाका उपप्रमुख तुलसी हमालको संयोजकत्वमा शुक्रबार साँझ अबेर तीन सदस्यीय न्यायिक समिति गठन गरिएको छ । समितिका सदस्यमा उत्तरदेव भट्ट र परमानन्द जोशी चयन भएका छन् ।

समितिले पूर्णता नपाउँदा विवाद र मुद्दालाई नगरपालिकाले प्रहरी, अर्धन्यायिक निकाय र मेलमिलाप केन्द्रमा पठाउँदै आएको थियो । समिति गठनपछि सर्वसाधारणले ल्याएका विवादको छिनोफानो अबदेखि नगरपालिकामै गरिने भएको छ । स्वच्छ र निष्पक्ष तरिकाले समितिमा आएका विवाद र मुद्दाको किनारा लगाउन जीत जीतको भावनालाई अनुसरण गरिने समितिका सदस्य जोशीले बताए ।
रासस

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतबार ००:००