१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको कला संस्कृतिको संरक्षण मेरो पहिलो प्राथमिकता होः मेयर शाक्य



२५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कला सँस्कृतिको संरक्षण र संर्बधन आफ्नो प्राथमिकता भएको दाबी गरेका छन् । शाक्य फाउन्डेसनलेले शाक्यलाई सम्मान गरेको छ ।

नेपाल संवत् ११३८ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिएको सम्मान कार्यक्रममा शाक्यले काठमाडौंको ‘बहाः बही’ का रुपमा चिनिने महाविहारको जीर्णोद्धारको योजना र बजेट विनियोजन गर्ने काम भइसकेको जानकारी दिए । ।

विगतमा सम्पन्न हुन नसकेका विकास निर्माणका काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताए । “नीति र योजना तर्जुमा गरेको छु तर काम गर्ने अनुकूल वातावरण बनेको छैन,” उनले भने, “ महानगरमा खानेपानीको पाइप बिछ्याउने, बिजुलीको तार जमिनमुनिबाट राख्ने काम गर्न तयार िगरिरहेका छौं ।”

उनले १ अर्ब रुपैयाँ लागतको सडक सुधारका काम शुरू गरिएको जानकारी पनि दिए । कामको परिणाम देख्न केही समय लाग्ने भएकाले धैर्य गर्न महानगरवासीसँग आग्रह गरे । फाउण्डेशनले विभिन्न महाविहार र संघसंस्थाको नेतृत्वमा रहेर शाक्य समुदाय र बुद्धधर्मको प्रवद्र्धनमा योगदान पु¥याएका अन्य व्यक्तिहरूलाई पनि सम्मान गरेको छ । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार ००:००