१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्धारित अवधिभन्दा १६ महीनापूर्व रातु पुल निर्माण सम्पन्न



माघ २४, धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रातु पुलको उद्घाटन गरेका छन् । पूर्व–पश्चिम राजमार्गको महोत्तरी र धनुषाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महीनापूर्व नै नयाँ पुल निर्माण सम्पन्न भएको हो ।

कूल २५० मिटर लम्बाइ र १०.९० मिटर चौडाइको यो पुल निर्माणको काम सकिएर साउनदेखि नै प्रयोगमा आइसकेको थियो । पूर्व–पश्चिम राजमार्ग र राजधानी काठमाडौंसँग जोड्ने यो पुल ‘लाइफलाइन’कै रुपमा रहेको छ ।

पूर्व–पश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा भासिएपछि आवतजावतमा कठिनाइ भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो ।

पुल २४ करोड ६० लाख बोलकबोल अनुसार निर्माण सम्पन्न भएको हो । कूल ६ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १०–१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्ने निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुङ्गेलले बताए । रासस

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार ००:००