१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिफ्ट खानेपानी योजना निर्माण हुँदै



२४ कात्तिक, गुल्मी । गुल्मीको पौदीअमराईमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ योजनामार्फत छोरधारा बाङ्गे लिफ्ट खानेपानी निर्माण गर्न लागिएको छ ।

मुसिकोट नगरपालिका १ अन्तर्गत बाङ्गे, अमराई लगायतका स्थानमा वर्षौंदेखि खानेपानी समस्या भोगिरहेका बासिन्दालाई अब भने एक वर्ष भित्रमै पश्चिम नेपाल ग्रामीण खानेपानी सरसफाइ परियोजनामार्फत छोरधारा बाङ्गेको मूलको पानीलाई ३९२ मिटर माथि तानेर र लिफ्ट गरेर झिल्केपोखरीमा संकलन गरेर खानेपानी वितरण हुने मुनपाका वास संयोजक रामबहादुर कुँवरले बताए ।

आँउदो २०७५ कात्तिक मसान्तभित्र खानेपानी योजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नेपाल सरकार र फिनल्याण्ड सरकारको ३६ ३६, मुसिकोट नगरपालिकाको १०, उपभोक्क्तहरु श्रम १७ र नगद एक प्रतिशतसहित संयुक्त रुपमा कूल १ करोड ३५ लाख तीन हजार ३३३ को आर्थिक लगानीमा योजना निर्माण गर्न लागिएको संयोजक कुँवरले जानकारी दिए ।

उक्त योजनामार्फत सञ्चालित छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाइ योजनामार्फत १६९ घरधुरीका ८८७ जनसङ्ख्या र भगवती निमावि र छत्रभूमि बोर्डिङ स्कुल, स्वास्थ्यचौकी, प्रहरी चौकी र वडा कार्यालय समेतका संस्था खानेपानीबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : २४ कार्तिक २०७४, शुक्रबार ००:००