१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा खटाएका ४५ उपसचिवको काज फिर्ता



२३ कात्तिक, काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत स्थानीय तहमा काजमा खटिएका ४५ उपसचिवको काज फिर्ता गरेको छ ।

काजमा खटाइएको एक महिना नबित्दै उक्त मन्त्रालयले ११७ उपसचिवमध्ये ४५ जनाको काज फिर्ता गराएको स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत रवीन्द्रजंग थापाले बताए । “हामीले स्थानीय तहको जिम्मेवारीसहित तोकेर पठाउने तयारीमा थियौँ” उनले भने, “तर सामान्यले काज फिर्ता गरेपछि पठाउन पाएनौँ ।”

नगरपालिकाका लागि कार्यकारी प्रमुख भनेर पठाउन थालिएका ती कर्मचारीको काज फिर्ता भएपछि ती नगरपालिकामा अहिले निमित्तको भरमा काम भइरहेका छन् ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले ४५ उपसचिवको विशेष परिस्थितिका कारण काज फिर्ता गरिएको बताए । “अशक्त, अपाङ्ग र अवधि नपुगेका कर्मचारीको काज फिर्ता गरेका हौँ” उनले भने, “फिर्ता गरिएका ठाउँमा नयाँ कर्मचारी पठाउने तयारी भइरहेको छ ।” सामान्यले स्थानीय तह सञ्चालनका लागि अहिलेसम्म ११७ उपसचिव र ८० जना शाखाअधिकृत पठाएको थियो ।
रासस

प्रकाशित मिति : २३ कार्तिक २०७४, बिहिबार ००:००