२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द र बिष्टले उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता लिए



 

२३ कात्तिक, कञ्चनपुर । वाम गठबन्धनबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउन उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका कर्णबहादुर चन्द र हीरासिंह विष्टले गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बुधबार घोषणा गरेका हुन् ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य चन्दले क्षेत्र नं ३ को प्रदेश ख र विष्टले प्रतिनिधिसभा क्षेत्र नं ३ बाट बागी उम्मेदवारी दिएका थिए । गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता गराउन शुरुदेखिनै पहल गरेका थिए ।

उम्मेदवारी फिर्ताको घोषणा गर्दै चन्दले प्रदेशसभामा आफ्नो उम्मेदवारी कायम नरहेको र आफ्नो उम्मेदवारीले देखिएको द्विविधाप्रति क्षमायाचना समेत गरेका छन् ।
रासस

प्रकाशित मिति : २३ कार्तिक २०७४, बिहिबार ००:००