७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानव अधिकार आयोगद्वारा निर्वाचनको तयारीबारे अनुगमन



 

२० कात्तिक, धनगढी । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि भइरहेको तयारीका बारेमा कैलाली जिल्लामा अनुगमन निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय कैलालीमा भएको बैठकमा आयोगका सदस्य सुदीप पाठकले स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउन आचारसंहिता अक्षरशः पालना गर्ने गराउनेतर्फ ध्यान दिनुपर्ने बताए । उनले निर्वाचन गराउन समयमै सोसम्बन्धी उचित व्यवस्थापन पनि जरुरी रहेको बताए ।

बैठकमा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद आर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने प्रतिबद्धता प्रकट गरे । बैठकमा प्रजिअ गोविन्दप्रसाद रिजालले निर्वाचनका बेला अपनाइएको सुरक्षा व्यवस्थापनबारे प्रकाश पारेको थियो । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद आर्यालले मतदानस्थल र केन्द्रको व्यवस्थापन लगायतका विषयमा प्रकाश पारेका थिए ।
रासस

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ००:००