१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘दुइचार वटा पसल भएको ठाउँलाई पनि नगरपालिका बनाउने !’



स्थानीय खबर संवाददाता

स्थानीय तह पुनर्संरचना आयोगले कुनाकाच्चाका दुईचार वटा पसल भएका ठाउँलाई समेत नगरपालिका बनाउन प्रस्ताव गरिएको भन्दै गाविस महासंघले असन्तुष्टि जनाएको छ ।

महासंघले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई ध्यानाकर्षण गराउँदै आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको हो । मुलुकको कूल भू–भागमध्ये ७० प्रतिशत ग्रामिण क्षेत्र रहेको तर गाउँ र नगरको भिन्नता नछुट्ट्याई स्थानीय तह पुनर्संरचना गरिएको महासंघको आरोप छ ।

जनसंख्याको चाप र आर्थिक गतिविधि हुने ग्रामिण इलाकालाई नगरपालिका बनाएर स्रोत साधनविहीन गाउँपालिका बनाउन खोजिएको आरोप छ । यसले गर्दा जनतालाई गाउँ छोडेर सहर जान प्रेरित गर्ने महासंघको निर्ष्कष छ ।

गाउँ र नगरबीच सकरात्मक विभेदको नीति अपनाएर स्रोत व्यवस्थापन, बजेट विनियोजन र सेवाप्रवाहमा गाउँपालिकालाई प्राथमिकता दिन पनि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०७३, मंगलबार ००:००